दुनियाँ कसैले



यो देश हाम्रो तराई, पहाड  

सुन्दर हिमाल 

बस्दछौ तीन करोड जनता 

मिलेर कमाल 

तराईमा धान, पहाडमा जल 

हिमालमा जडिबुटी 

यो देश हाम्रो सुन्दर राम्रो 

देखिन्न केही खोटी 

ज्ञानी छौँ हामी ध्यानी छौँ सबै 

कोही छैनौँ फटाहा वा जाली 

पहाड र हिमाल दुख्दामा सेक्यो 

मधेशले यसपाली 

हे बाबु नानी !

किशोर तिमी अनि हे किशोरी !

बिन्ति छ मेरो नेपाल आमा 

ईश्वरलाई पुकारी ।  


ईश्वरले रच्यो प्रकृति पुरुष 

थाहा छ सबैलाई 

छुट्याउन सकिन्न महिला र 

पुरुष आश्चचर्य यसैलाई 

पुरुषले लाउने दौरा र सुरुवाल 

अनि त्यो टोपी कोट 

महिलाको भेष हो 

सारी र चोलो अनि हो पेटिकोट 

आआफ्नो लाज 

आआफ्नो धर्म जोगाउ सबैले 

नपाऊन् हेप्न नेपालीलाई 

दुनियाँ कसैले 

दुनियाँ कसैले ।


(०७२ /०५ /१२)

Khageswor Dhakal

Comments

Popular posts from this blog

The silent Scream

The Ghosts Of November

Canvas of emotions